play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

सगरमाथाको उचाइसँगै देशको स्वाभिमान पनि बढ्यो

0

मङ्सिर २३, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गरेका छन् ।
सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताए । उनले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यस वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गरे ।
मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको जोखिमका कारण नेपालका हिमाल कालापत्थरका रुपमा परिणत हुँदै जानु ठूलो चुनौतीको विषय भएको उल्लेख गर्दै यस्ता जोखिमबाट हिमालय क्षेत्रको संरक्षणका लागि सरोकारवाला मुलुकसँग नेपालले विशेष चासोका साथ कुरा उठाइरहेको जानकारी दिए । उनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने कार्यक्रमका सन्दर्भमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङयीसँग नेपाल–चीन सम्बन्धका विविध आयामसम्बन्धी कुराकानी भएको जानकारी दिँदै जलवायु परिवर्तनको जोखिमबाट हिमालय क्षेत्र र सगरमाथाको रक्षाका निम्ति चीनलगायत सरोकारवाला अन्य मुलुकसँग बारम्बार कुरा उठाइने गरेको बताए ।

Share.

Leave A Reply