play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यूईएफए च्याम्पियन्स लिग अन्तरगत आज राति मेस्सी र रोनाल्डाको समुहबिच खेल हुने

0

मंसिर २३,चितवन ।  यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्ट्सको सामना गर्ने भएको छ । खेल नोउक्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यो खेललाई आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । अघिल्लो महिना नै रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा हुने भनिएपनि कोरोना संक्रमणका कारण रोनाल्डो टोली बाहिर रहँदा बार्सिलोनाले २–० को जित निकालेको थियो ।

यसको अर्थ मेस्सी र रोनाल्डोबीच २ वर्षपछि प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा बार्सिलोना युभेन्ट्सलाई पराजित गर्दै समूह ‘जी’ मा अपराजित रहने लक्ष्यमा हुनेछ । यता, समूहमा बार्सिलोनासँगै मात्रै हार बेहोरेको युभेन्ट्स पनि अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनामाथि ३–० को जित निकालेमा युभेन्ट्स हेड टु हेडमा अघि रहँदै शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ ।

Share.

Leave A Reply