play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु

0

मंसिर २३,चितवन । बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ ।

पहिलो खोप लगाउनुभएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएको गर्व लागेको बताउनुभएको छ । फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

Share.

Leave A Reply