play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

५० करोड लागतमा जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार

0

मंसिर २३,चितवन ।  जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए ।

उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पना अनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो । यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो । नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए । विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले बताए ।

Share.

Leave A Reply