play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक चल्दै

0

मंसिर २३,चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । बैठक शुरु गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आग्रह गर्नु भएको छ । बैठकमा अहिले राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल भइरहेको बुझिएको छ ।

पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे प्रधानमन्त्री ओलीले छलफल थालेको उहाँको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

Share.

Leave A Reply