play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

अरुप्रति हेर्ने दृष्टिकोण बदल्न अमेरिकालाई चीनको सुझाव,वार्ताका लागी चीन तयार

0

मंसिर २३,चितवन ।  चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको पनि बताउनुभयो । विदेशमन्त्री यीले सम्बन्ध विस्तारका लागि सबै प्रकारका द्वन्द्व समाधान गर्न चीन तयार रहेको पनि स्पष्ट पार्नुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यी

वेइजिङमा चीन अमेरिका व्यापार परिषदको प्रतिनिधिमण्डलसँगको बैठकमा विदेशमन्त्री यीले चीनले अमेरिकासँग साझा चासोको विषयमा सहमति गरेर अघि बढ्न चाहेको बताउनुभयो । दुई ठूला अर्थतन्त्र भएका मुलुकको सम्बन्धले विश्वको अर्थतन्त्र नै प्रभावित हुने भन्दै विदेशमन्त्री यीले समृद्धि र आर्थिक वृद्धिदरमा थप योगदान दिन सकिने बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदकको स्थायी सदस्यका रुपमा रहेका दुवै मुलुकले दीगो शान्ति र समृद्धिमा समान योगदान दिनुपर्नेसमेत बताउनुभयो ।

Share.

Leave A Reply