play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेपालमा प्रत्येक वर्ष देशभर ६ सय भन्दाबढी मानिसको ह*त्या हुने गरेको पाईयो

0

मंसिर २३,चितवन । नेपालमा प्रत्येक बर्ष ६ सय जना मानिसको ह*त्या हुने गरेको छ। नेपाल प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङक अनुसार प्रत्येक बर्ष ६ सय जना भन्दाबढीको ह*त्या भएको देखिन्छ। आर्थिक वर्ष २०७४र७५ मा देशभर ६ सय २८ जनाको ह*त्या भएको प्रहरीले जानकारी दिएको छ। आर्थिक वर्ष २०७५र७६ मा यो सङख्या झनै बढेको देखिन्छ।

त्यो आर्थिक वर्षमा ६ सय ५९ जनाको ह*त्या भएको छ। आर्थिक वर्ष २०७६र७७ मा भने ह*त्यामा कमी आएको छ। यो आर्थिक वर्षमा ५ सय ५५ जनाको ह*त्या भएको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रेदश नम्वर १ मा १ सय १३ जनाको ह*त्या भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा २७ जनाको ह*त्या भएको देखिन्छ। यो तीन आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र १ सय ४८ जनाको ह*त्या भएको देखिएको छ। प्रहरीको अनुसार पछिल्लो समय ह*त्याको मुख्य कारण आवेग, आर्थिक र सामाजिक कारण भएको जानकारी दिएको छ।

Share.

Leave A Reply