play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मानवअधिकारको अवस्थामा सुधार हुन नसकेको आयोगको निश्कर्ष :सरकार गम्भीर बन्न आग्रह

0

मङ्सिर २२, राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको अवस्थामा सुधार हुन नसकेको निश्कर्ष निकालेको छ। सोमबार राष्ट्रपति कार्यालयमा पेश गरेको आयोगको वार्षिक प्रतिवेदनमा त्यस्तो निश्कर्ष छ।आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो। संविधानको धारा २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था छ।आयोगले वर्षभरमा परेका उजुरी, तीमाथि भएका छानविन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू प्रतिवेदनमा समावेश गरेको छ।
एक वर्षमा मानवअधिकार उल्लङ्घन भएको भनी १३२ उजुरीहरू दर्ता भएको, पुरानासमेत गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र मानव अधिकारका विविध विषयमा १२८ पटक अनुगमन गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।प्रतिवेदन पेश गर्दै आयोगका सचिव वेद भट्टराईले प्रतिवेदनले औंल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानवअधिकार संरक्षण र सम्वर्द्धनमा संवेदनशील हुन आयोगले नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको बताएका थिए। आयोग अहिले पदाधिकारीविहीन छ।

Share.

Leave A Reply