play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ

0

मंसिर २२,चितवन । रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्।

रौतहट साविक राजपुर फरदहवा गाविस(४ हाल राजपुर नगरपालिका(४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।प्रदेश २ प्रहरीले मोहताबलाई नेपाल(भारत सीमाना बौदीमाई नगरपालिका(७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ। प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईंका अनुसार ५५ वर्षीय मोहताबलाई बौदीमाई नगरपालिका(८ बाट सोमबार बिहान पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

Share.

Leave A Reply