play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुन्छ:नापी विभाग

0

मंसिर २२,चितवन ।  विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने नापी विभागले जनाएको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नयाँ उचाईबारे जानकारी दिने सोमबार पत्रकार सम्मेलनमा बताएका हुन् ।

 

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको उनले बताए । सो परिणाम नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सार्वजनिक गर्ने उनले जानकारी दिए । विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ ।

Share.

Leave A Reply