विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना सङ्क्रमित

0

मंसिर २२,चितवन । विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएकोे तथ्याँक अनुसार अहिलेसम्म सङ्क्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् ।

यो जम्मा सङ्क्रमितको ९१ प्रतिशत हो । यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो । जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण गएको साता ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना देखिएको छ ।

Share.

Leave A Reply