play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युतिनु उस्तै कुरा हो:भट्टराई

0
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई

मंसिर २२,चितवन । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युककतिनु उस्तै कुरा भएको बताउनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्त सो कुरा बताउनुभएको हो । कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली चरित्र । अनि डा. बाबुराम भट्टराईको दोचारे चरित्र भन्दै सेयर गरेका थिए ।

उक्त भिडियोमा प्रतिक्रिया दिनुहँदै डा. भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युककतिनु उस्तै कुरा भएको बताउनुभएको हो । उहाँले राजतन्त्र पुनर्स्थापना हुन सक्दैन भन्दा कोही किन आत्तिने ? भनेर प्रतिप्रश्न समेत गर्नुभएको छ । उहाँले २०६० सालको वार्तामा कमल थापासँग राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ भन्दा कमल थापाले त्यो त भन्न सक्दिनकक भनेको पनि स्मरण गराउनुभएको छ ।

Share.

Leave A Reply