play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भारतमा कोरोनाको आपत्कालीन प्रयोगका लागि फाइजरले स्वीकृति माग्यो

0

मंसिर २२,चितवन । फाइजरले आफ्नो कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगको स्वीकृतिका लागि भारतमा पनि निवदेन दिइसकेको वरिष्ठ सरकारी स्वास्थयविद्ले एक टेलिभिजन अन्तरवार्तामा बताएका छन् । यसरी विश्वकै दोस्रो धेरै संक्रमण दर भएको भारतमा फाइजरले आफ्नो खोप प्रयोगमा ल्याउने प्रयास गरिरहेको छ । यसअघि बेलायत, फाइजरको खोपलाई स्वीकृत गर्ने पहिलो मुलुक बनेको थियो ।

यो खोप अमेरिकी कम्पनी र जर्मनको बायोएनटेकले मिलेर निर्माण गरेका हुन् । भारतीय औषधि निकायहरुले कुनैपनि खोप स्वीकृत गर्न सामान्य अवस्थामा ९० दिनसम्म लगाउने गर्दछन् तर फाइजरको खोपका लागि भने यो प्रक्रिया छिटै पूरा गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयले यसबारे कुनै आधिकारिक धारणा दिएको छैन । यसबाहेक भारतले अहिले पाँचवटा स्थानीय रुपमा परीक्षण भइरहेका खोपको पनि अपेक्षा गरेको छ, जससमध्ये एउटा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले निर्माण गरेका हुन् । फाइजरको खोप माइनस ७० डिग्रीमा स्टोर गरि राख्नुपर्ने हुनाले पनि भारतमा त्यस किसिमको स्टोरेज सेवा सबैतिर नहुने हुँदा यो खोपको प्रयोग कठिन हुने बताइएको छ ।

Share.

Leave A Reply