play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

आज दिउँसो हल्का वर्षा हुन सक्ने ,हुस्सु बढेकाले यात्रामा सावधानी अपनाउन आग्रह

0

मंसिर २२,चितवन ।
आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी भू(भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको असर नेपालमा पनि देखिएकाले प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्दै गएकाले बिहानी पख र साँझ तराई भेगमा हुस्सुको सम्भावना पनि रहेकाले यात्रामा सावधानी अपनाउन पनि महाशाखाले आह्वान गरेको छ ।

Share.

Leave A Reply