play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

इंग्लिस प्रिमियर लिगमा क्रिस्टलको शानदार जित

0

मङ्सिर २१, इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले शानदार जित निकालेको छ ।आइतबार भएको खेलमा क्रिस्टलले वेस्ट ब्रुममाथि ५-१ गोल अन्तरको जित निकालेको हो ।वेस्ट ब्रुमको मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहा र क्रिस्टियन बेन्टेकेले दुई दुई गोल गरे ।क्रिस्टलले एक गोल आत्मघाती उपहार पाएको थियो भने वेस्ट ब्रुमका कोनोरले एक गोल फर्काए ।यससँगै क्रिस्टलले पहिलो पटक अवे खेलमा ५ गोल गरेको छ ।जितसँगै क्रिस्टलले ११ खेलमा १६ अंक जोडेको छ ।क्रिस्टल ११ औं स्थानमा समेत रहेको छ ।वेस्ट ब्रुम ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Share.

Leave A Reply