सरकारद्वारा पहिलोपटक परराष्ट्र नीतिको एकीकृत दस्तावेज सार्वजनिक

0

मङ्सिर २१, सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको एकीकृत दस्तावेज सार्वजनिक गरेको छ ।आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।
सो नीतिमा नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिने भनिएको छ ।सो नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ । नयाँ नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको छ भने अहिलेका नयाँ विषय जलवायु परिवर्तन लगायतका विषयमा पनि जोड दिइएको छ ।

Share.

Leave A Reply