play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्ड एक इनिङ्स १३४ रनले विजयी

0

मङ्सिर २१, घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको छ ।ह्यामिल्टनमा आज दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २ सय ४७ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो ।फलो अनमा परेको वेस्ट इन्डिजले शनिबार ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

तर, चौंथो दिन वेस्ट इन्डिजले थप ५० रन मात्र बनाउन सक्यो ।यस अघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा १ सय ३८ रन बनाएको थियो ।जितसँगै न्युजिल्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।दुई टिमबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।

Share.

Leave A Reply