play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेकपा सचिवालय बैठक निष्कर्षबिहिन :भोलि स्थायी कमिटी बस्ने

0

मङ्सिर २०, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ।
शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएकाे छ ।आज झण्डै ४ घण्टा बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलको लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Share.

Leave A Reply