play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

स्पेनिस ला लिगामा रियल र सेभिया तथा बार्सिलोना र काडिज भिड्दै

0

मङ्सिर २०, स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।रियलले सेभियासँग उसैको मैदानमा खेल्नेछ । रियल र सेभियाबीचको खेल राति ९ बजे सुरु हुनेछ ।सेभियाको मैदानमा रियल जित निकाल्दै शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ ।तर, सेभियाविरुद्ध इडेन हाजार्डले खेल्ने छैनन् । चोटको कारण उनी सेभिया भ्रमण गर्ने टिममा छैनन् ।रियल १७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।घरेलु मैदानमा सेभिया जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ ।


यस्तै बार्सिलोनाले काडिजसँग उसैको मैदानमा खेल्नेछ ।बार्सिलोना र काडिजबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।बार्सिलोना काडिजलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा हुनेछ ।बसिलोना १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।काडिज १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिटसँग खेल्नेछ ।एट्लेटिको घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।अर्को खेलमा लेभान्टेले गेटाफेसँग खेल्नेछ ।

Share.

Leave A Reply