गौतमबुद्ध कप क्रिकेट मंसिर अन्तिम साता हुने

0

मङ्सिर २०, नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ ।बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म संचालन हुनेछ ।आयोजक प्रदेश संघले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

प्रतियोगितामा तीन टिम हुनेछ । र, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईनेछ ।आयोजकले प्रतियोगिता टी-ट्वान्टी र एकदिवसीय फर्म्याटमध्ये एक हुने जनाएको छ ।चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्य हुने प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

Share.

Leave A Reply