play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फुटबल खेलाडी मेस्सीलाई भित्र्याउन सकिने सम्भावनाबारे पिएसजीले थाल्यो छलफल

0

मंसिर २०,चितवन ।लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले सोचविचार गर्न थालेको छ । स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे पिएसजीले छलफल थालेको उल्लेख गरेको हो ।

मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे । उनले सो आयसको पत्र पनि बुझाएका थिए । तर सम्झौतामा रहेको व्यवस्थाका कारण उनी यो सिजन बार्सिलोनामै रहन बाध्य भए । सिजनको अन्त्यसँगै मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् । उनी त्यसपति स्वतन्त्र मूल्यमा जुन कुनै क्लब जान पाउने छन् । हालै पिएसजीका नेइमारले आउँदो सिजन जसरी भए पनि मेस्सीसँग खेल्ने इच्छा रहेको र त्यो पूरा गर्नै पर्ने बताएका थिए । उनको त्यो भनाईपछि मेस्सी पिएसजीमा अनुबन्धित हुने सम्भावनाका खबर आउन थालेका हुन् । अहिले पिएसजीले पनि मेस्सीलाई ल्याउन सकिने विकल्पबारे छलफल सुरु गरेको खबर आएको छ ।

Share.

Leave A Reply