विश्वकपको एसियाली छनोट खेल अन्तर्गत बंगलादेशमाथि कतारको फराकिलो जित

0

मंसिर २०,चितवन । विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई एकपक्षीयरूपमा हराएको हो । उसले बंगलादेशलाई ५–० गोल अन्तरले हरायो । कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे भने अब्दुलाजीज हेटमले एक गोल गरे । विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ । ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।

Share.

Leave A Reply