play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

अमेरिकामा कोरोनाको खोप लगाउन कसैलाई बाध्य पारिदैन:बाइडेन

0
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन

मंसिर २०,चितवन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए । गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् । ‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास हुनेछ । तर खोप लगाउने वा नलगाउने व्यक्तिको निर्णयको कुरा हो,’ उनले भने ।

हालै भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार भएका छन् । अमेरिकाले डिसेम्बरको मध्यसम्ममा कोभिड(१९ विरूद्धको खोप स्वीकृति गर्ने सम्भावना छ । यसैबिच विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । विश्वभर १५ लाख २३ हजार ५६१ संक्रमितको मृत्यु भएको छ । २१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको छ । यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ । एजेन्सी

Share.

Leave A Reply