play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आजको मौसम पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने

0

मंसिर २०,चितवन । शनिबार पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा बनेको न्युन चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो देशभरकै पहाडी क्षेत्र आशिंकदेखि सामान्य बदली भएर एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । यस्तै शनिबार राति प्रदेश १ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share.

Leave A Reply