play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

वायुसेवा निगमलाइ हङकङ उडानमा चौथोपटक प्रतिबन्ध ,सरकारि कोरोना रिपोर्टमै समस्या

0

मंसिर २०,चितवन । नेपाल वायुसेवा निगमलाई हङकङले चौथोपटक उडानमा प्रतिबन्ध लगाएको छ । नेपालबाट हङकङ अवतरण भएका यात्रुको कोभिड परीक्षण रिपोर्टमा पाँचजनाको पोजेटिभ देखिएपछि हङकङले १५ दिनका लागि निगमको उडान प्रतिबन्ध लगाएको हो । यसअघि पनि कोभिड पोजेटिभ यात्रु बोकेको भेटेपछि तीनपटक प्रतिबन्ध लगाएको थियो । त्यसपछि निगमले हङकङ जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्ट अनिवार्य गरेको थियो । तर, सरकारी प्रयोगशालाकै रिपोर्ट पनि हङकङमा पुनः जाँचका क्रममा फरक परेपछि निगम कारबाहीमा परेको हो । यसपटक पाँच यात्रुको रिपोर्ट पोजेटिभ र एकजनाको शंकास्पद देखिएको थियो ।

कोभिड परीक्षण विवरणमा चुकेर तीनपटकसम्म प्रतिबन्ध लगाइएपछि गत सोमबार (३० तारिख) निगमले पुनः उडान गरेको थियो । यसअघि निगममार्फत हङकङ जाने यात्रुले निजी अस्पतालको प्रयोशालामा कोभिड–१९ को परीक्षण गराउँदै आएका थिए । निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि निगमले यात्रुलाई सरकारीमा परीक्षण गराएको रिपोर्ट ल्याएपछि मात्रै उडानमा सहभागी गराउँदै आएको छ । सरकारी रिपोर्टमा समेत समस्या आएपछि निगमले पुनः छलफल थालेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । सुरुमा उडानमा चारजनामा संक्रमण पुष्टि भएपछि हङकङले ४ अक्टोबरदेखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो । उडानमा संक्रमित संख्या बढेर नौजना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ नोभेम्बर ४ सम्म फेरि प्रतिबन्ध लगाएको थियो । हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

Share.

Leave A Reply