play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

स्कोलाष्टिक फाउण्डेसन वर्ल्ड बुक अफ रेकर्डको सूचीमा (कुराकानी सहित)

0

 

भरतपुर, १९ मंसिर

वर्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड नामक संस्थाले विभिन्न समयमा विश्व कीर्तिमान् संग्रहित पुस्तकको प्रकाशन गर्ने गर्छ ।  वर्ल्ड बुक अफ रेकर्डको वर्ष २०२० को सिल्भर संस्करणको पुस्तकमा फाउण्डेशनको नाम पनि सम्मिलित भएको फाउण्डेशनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना  गरी जानकारी दियो ।

कानून विषयका युवा विद्यार्थीहरूको समूहले स्कोलाष्टिक फाउण्डेशन सञ्चालन गरिरहेका छन् । उनीहरूले वर्ष २०१९ को अगस्ट १७ देखि १९ तारिखसम्म अस्पायर स्कोलाष्टिक मिटको आयोजना गरेका थिए । रत्ननगर नगरपालिकास्थित न्यू क्यापिटल कलेजमा आयोजित उक्त कार्यक्रममा चितवन, नवलपुर र तनहुँ जिल्लामा रहेर माध्यमिक तहमा अध्ययन गर्दै गरेका करिब १ हजार ५०० बढी विद्यार्थीहरू सहभागी भएका थिए । सो कार्यक्रममा लगातार १३ प्रकारका तालिम, कार्यशाला र प्रतियोगिता सञ्चालन गरिएका थिए ।

प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० लाई प्रमुख विषय बनाइएको थियो । वल्र्ड रेकर्डको लिष्टिङमा पर्दै विभिन्न प्रक्रिया पार गरेपछि फाउण्डेशनले २०२० नोभेम्बर १८ तारिखका दिन प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । स्कोलाष्टिक मिट २०१९ मा एकै ठाउँमा वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, लगायत विभिन्न १३ प्रकारका प्रतियोगिताको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले बताए । आफूहरूले विद्यार्थीहरूमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउण्डेशनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे । पत्रकार सम्मेलनमार्फत नै भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु पनि फाउण्डेशनको उद्देश्य रहेको उनले बताएका थिए ।

यसै विषयमा रहेर सहकर्मी शिव गौतमले फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्ज्वल भट्टराईसँग गर्नुभएको कुराकानी यहाँ सुन्न सक्नु हुन्छ ।

Share.

Leave A Reply