play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

कोशी कोभिड अस्पतालको स्वास्थ्य सामग्री खरिदमा तीन करोडको चलखेल

0

मङ्सिर १९, कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ ।अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट सप्लायर्सलाई पार्न तीन करोड रुपैयाँ बढी कबोल गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।देशभर ३५०० एचडीयू सञ्चालन गर्न भन्दै संघीय सरकारले अस्पतालहरु तोकेको थियो । जसमध्ये विराटनगरको कोशीमा एचडीयू सञ्चालनका लागि संघीय सरकारले ९ करोड बजेट विनियोजन भएको छ ।बजेट आएलगतै प्रदेश १, सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मेडिकल उपकरण खरिदका लागि कात्तिक २८ गते सूचना निकालेको थियो । इलेक्ट्रोनिक बिडिङमार्फत तीन सप्लायर्स छनोट भएका छन् ।
तर स्वास्थ्य निर्देशनालयले सबैभन्दा धेरै कबोल गर्ने सप्लायर्स ‘हस्पिटेक इन्टरप्राइजेज’सँग रातारात सम्झौता गरेको पाइएको छ । हस्पिटेक इन्टरप्राइजेज नेकपा निकट मेडिकल सप्लायर्स विशाल पण्डित समूहको कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक नेतृत्वसँग पहुँचका भएको यो समूहले कोभिड कालका स्वास्थ्य सामग्री आपूर्तिमा ठेक्का हात पार्दै आएको छ ।कोशी अस्पतालमा दुईवटा कम मूल्य प्रस्ताव गर्ने कम्पनी छाडेर ३ करोड रुपैयाँ बढी कबोल गरेको हस्पिटेकलाई ठेक्का दिइएको छ । कागजपत्र अनुसार टेण्डर प्रतिस्पर्धामा सहभागी निक्की फर्मा डिस्टिब्युटरले ५ करोड १ लाख ८७ हजार ७६३ र जिआईएच हेल्थ केयर प्रालीले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ कबोल गरेको थियो ।तर त्यही कामका लागि ८ करोड २९ लाख १९ हजार ४०० रुपैयाँ कबोल गरेको हस्पिटेक इन्टरप्राइजेज, तीनकुने काठमाडौंलाई छनोट गरेर सम्झौता गरेको पाइएको छ ।

Share.

Leave A Reply