play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

राजतन्त्र स्थापनाको माग गर्दै चितवनमा भोलि नेपाली झण्डा सहितको बृहत -याली हुँदै

0

मङ्सिर १९, राजतन्त्र स्थापनाको माग गर्दै चितवनमा भोलि नेपाली झण्डा सहितको बृहत -याली हुने भएको छ। राष्ट्रवादी नागरिक समाज चितवनले संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै बृहत -याली गर्न लागेको हो। युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले -यालीको आयोजना गरिएको आयोजक सस्थाले जानकारी दिएको छ ।भोलि बिहान ११ बजेबाट सुरु हुने -याली भरतपुरको केन्द्रीय बस र्टमिनल–हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क – आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन हुनेछ।¥यालीमा चितवनका देशभक्त स्वतन्त्र युवाहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ।

Share.

Leave A Reply