play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण ,९९ प्रतिशसम्म प्रभावकारी हुने दावी

0

मंसिर १९,चितवन । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा जनाइएको छ ।

करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पु¥याएसँगै क्रमश वितरण गर्ने बेलायतको तयारी छ । यो खोपको प्रयोगसँगै अस्पताल भर्ना भएका कोरोनाका बिरामीको मृत्युदर कम हुने र यसको प्रभावकारीता ९९ प्रतिशसम्म हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ । अस्पतालहरुमा ७० प्रतिशतसम्म औषधिको भण्डारण गरेर मात्र सर्वसाधारणलाई खोप वितरण गरिने सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना संक्रमित बिरामी, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र सरकारी अधिकारीसँगै प्राथमिकता छुट्याएर सर्वसाधारणलाई खोप उपलब्ध गराउने समाचारमा जनाइएको छ ।

Share.

Leave A Reply