play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

कोरोना भाइरसले महिलामा ठूलो संकट,२५ वर्ष पछि धकेलिने सम्भावना

0

मंसिर १९,चितवन । यूएन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ । महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् ।

यूएन वुमन डिप्युट एक्जिक्यूटिभ अनिता भाटिया भन्छिन्, ‘हामीले पछिल्लो २५ वर्षमा जे जति काम गरेका छौं, त्यो एक वर्षमा गुम्न सक्छ ।’ रोजगार र शिक्षाको अवसर गुम्न सक्छन् । महिला खराब मानसिक र शारीरिक स्वास्थ्यको शिकार हुनसक्छन् । अनिता भाटियाका अनुसार यतिबेला महिलामा रेखदेखको जिम्मेवारी बढेको छ । यसले सन् १९५० ताकाको लैङ्गिक रुढीवादी पुनः कायम हुने हो कि भन्ने खतरा पैदा भएको छ । महामारी अघि १६ अर्ब घण्टाको बेतलबी काम लगभग तीन चौथाई महिलाले गरिरहेको भनेर अनुमान लगाइएको थियो ।

Share.

Leave A Reply