play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

यो हप्ता सुनको भाउ २२ सय रुपैयाँले बढ्यो ,आज मात्रै तीनस यले बृद्धी

0

मंसिर १९,चितवन । यो हप्ता सुनको भाउ २२ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज हप्ताको अन्तिम ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोभन्दा तीन सय रुपैयाँले बढी हो । गएको आइतबार तोलामा ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ सोमबार ९० हजार रुपैयाँमा झरेको थियो । मंगलबार फेरि ५ सय रुपैयाँले बढेर भाउ ९० हजार ५ सय रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ५ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँ पुगेको थियो । हिजो बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १० रुपैयाँमा पुगेको छ ।

Share.

Leave A Reply