play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

0

मंसिर १९,चितवन । राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने अर्याल बताउँछन् । विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ । विद्यालयले मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ । बोर्डले ९–१६ मंसिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।

Share.

Leave A Reply