play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएकोबारे सरकारसँग सर्वोच्चोको जवाफ माग

0

मंसिर १९,चितवन । नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ मात्र नामकरण हुने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम ‘नेपाल’ लेख्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षलाई छलफलका लागि यही मंसिर २९ गते बोलाएको छ ।

Share.

Leave A Reply