भारतसँग औपचारिक संवादको ढोका खुलेको मन्त्री ज्ञवालीको भनाई

0
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

मंसिर १९,चितवन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने । उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ । तेस्रो, आगामी स्टेपहरु के भन्ने तय भएको छ ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए ।

Share.

Leave A Reply