play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट

0

मंसिर १९,चितवन । उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा बम विष्फोट भएको छ ।

बिहिबार राति साढे १२ बजेतिर पुगेका तीनरचार जना ब्यक्तिले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चार वटा बम बिस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए । कसले र किन बम विष्फोट गरायो भन्नेबारे केही पनि खुलेको छैन । ती व्यक्तिले खानीमा रहेका मजदुरहरुलाई गालीगलौजसमेत गरेको पाइएको दाहालले बताए ।

लगत्तै उनीहरूले विष्फोट गराएपछि मजदुरहरू आत्तिएर भागेका थिए । सोक्रममा चार जना मजदुर घाइते भएका छन् । विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

Share.

Leave A Reply