play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अख्तियारमा स्थानीय तहका भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ

0

मंसिर १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकको अवधिमै भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ लागेका छन् ।गैरकानुनीरुपमा सम्पत्ति आर्जन, सरकारी रकम हिनामिना, घुस रिसवतलगायत परेका उजुरीमा सबैभन्दा बढी स्थानीय तहका छन् ।स्थानीय तहमा सुशासनको अवस्था कमजोर बन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमै उजुरीहरुको चाङ लागेको छ ।आयोगकाअनुसार साउनदेखि असोजको अवधिमै ४५ सय २४ ओटा उजुरी परेका छन् भने अघिल्लो आर्थिक वर्षबाट सरी आएका आठ हजार २०० ले १२ हजार ७२४ उजुरीहरु परेको देखाएको छ । जसअनुसार सबैभन्दा बढी ४३ सय बढी उजुरी स्थानीय तहका छन् ।

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएपछि आयोगले गत वर्ष नै स्थानीय तहलाई ६१ बुँदे सुझावसमेत दिएको थियो ।तर पनि उजुरीको संख्या नघटेपछि आयोगले उजुरीउपर छानबिन, अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।आयोगले प्रथम त्रैमासिकमा २९ सय २५ उजुरीको फर्छ्योट गर्दा नौ हजार ७९९ उजुरीको फर्छ्योट गर्न बाँकी छ ।कोरोना माहमारीका कारण असामान्य परिस्थिति, बन्दाबन्दी र निषेधाज्ञाले काम–कारबाही प्रभावित बनेको तर पनि कतिपय उजुरीको प्रकृति हेरी छानबिन गर्दा फर्छ्योट गर्न समय लाग्ने गरेको आयोगको भनाइ छ ।

Share.

Leave A Reply