play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

रेलवे लिकको १७ हजार थान क्लिप चोरियो, रेल सञ्चालनमै अन्योल

0

मंसिर १८, रेल सञ्चालन नहुँदै जनकपुरधामस्थित रेलवे लिकको क्लिपलगायतका सामग्रीहरु चोरी हुन थालेको छ ।गएको असोज २ गते विधिवतरुपमा परीक्षण गरिएको रेल गुड्ने रेलवे लिकको क्लिपलगायतका सामग्री चोरी हुन थालेपछि अब रेल सञ्चालनमा नै अन्योल बढेको छ ।मर्मत–सम्भारमा समय लाग्न सक्ने भएका हुनाले रेल कहिलेदेखि सञ्चालन हुने भन्नेमा अन्योल बढेको बताइएको छ ।आउँदो विवाह पञ्चमीबाट भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालन हुने भनिएको सो रेल अब उक्त समयमा चल्ने देखिँदैन ।रेल सञ्चालनका लागि भारतबाट दुई अत्याधुनिक इन्जिनसहितको सेट ल्याइसकिएको छ । तर, पूर्वाधारसम्बन्धी काम सम्पन्न हुन नसक्दा अहिले सो रेल सीमावर्ती क्षेत्र इनर्वामा थन्क्याएर राखिएको छ ।


जनकपुरस्थित रेल विभागका साइट इञ्चार्ज विनोदकुमार ओझाले रेलवे ट्रयाकको १७ हजारथान क्लिप मानिसहरूले उखेलेर लगेको र रेलवे स्टेसनदेखि लेभल क्रसिङ, सिग्नल घरसमेतका सामनहरू चोरी हुने तथा निर्मित सामानहरू स्थानीयले फुटाउने गरेको बताउनुभयो ।दुईपटक केही बालबालिकालाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको तर बालबालिका भएका कारण कुनै सजाय नै नगरी सम्झाइ–बुझाइ उनीहरूका अभिभावकलाई प्रहरीले जिम्मा लगाएको उहाँले बताउनुभयो ।रेलवेको सुरक्षाका लागि इनर्वामा सशस्त्र प्रहरी बलले चौबीसै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।तर, रेलवे लिक र अन्य पूर्वाधारको संरक्षण गर्न नसकेकोमा सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।रेलवे लिकको सामानहरु चोरी भएको कुरा स्वीकार्दै प्रमुख जिल्ला अधिकारीले अहिले सुरक्षा व्यवस्था कडा पारिएकाले अब कुनै प्रकारको क्षति नहुने दाबी गर्नुभयो ।यसैबीच, रेलवे सञ्चालनका लागि दक्ष जनशक्ति भारतबाट मगाउने र केही कर्मचारीका लागि विज्ञापनसमेत भइसकेको छ ।

Share.

Leave A Reply