play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पछिल्लो समय राजनीतिबाट वाक्क भएका जनताद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन

0

मङ्सिर १८, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए ।वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । उनीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।

Share.

Leave A Reply