play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्डको उत्कृष्ट सुरुवात

0

मङ्सिर १८, घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ ।ह्यामिल्टनमा बिहीबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले २ विकेट गुमाएर २ सय ४३ रन बनाएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका कप्तान केन विलियम्सन ९७ रनमा अविजित रहदै क्रिजमा रहेका छन् ।कप्तानलाई रोस टेलरले ३१ रन बनाएर साथ दिईरहेका छन् ।
यस अघि टम लाथम ८६ रनको अर्धशतकीय इनिङ्स खेलेर आउट भए ।ओपनर विल योङ भने ५ रनमा पेभेलियन फर्किए ।वेस्ट इन्डिजका केमार रोच र शानोन ग्राबियलले १/१ विकेट लिए ।न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।यस अघि वेस्ट इन्डिजले टी-ट्वान्टी सिरिज गुमाएको थियो ।

Share.

Leave A Reply