play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानमन्त्री कप क्रिकेटका लागी सुदूरपश्चिमको खेलाडी छनोट र खेल तालिका सार्वजनिक

0

मंसिर १८,चितवन । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुुस ४ गतेदेखि छनोट शुरु हुनेछ ।

नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिनुभयो । छनोटमा पुरुषतर्फ प्रदेशका आठ टोली तथा महिलातर्फ छ टोली सहभागी हुनेछन् । मङ्सिर २७ गते हुुने पुरुषको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ । यस्तै पुस ४ गते हुुने महिलाको छनोटको पहिलो खेलमा कैलाली र डोटी भिड्ने बताइएको छ । उक्त छनोटबाट अगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुुदूरपश्चिमको टोली छनोट हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेल दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौँमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कपमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ ।

Share.

Leave A Reply