फ्रान्सका पूर्वराष्ट्रपति एवं युरोपियन युनियनका योजनाकार बेलेरीको कोरोना संक्रमणबाट निधन

0

मंसिर १८,चितवन । फ्रान्सका पूर्वराष्ट्रपति बेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना संक्रमणबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउने र एकजुट पार्ने श्रेय ९४ वर्षीय बेलेरीलाई दिने गरिन्छ । सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका बेलेरीलाई केही दिनयता श्वास–प्रश्वासमा समस्या भएको थियो । गत साता मात्र उनी अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका थिए । तर, स्वास्थ्यमा पुनः समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । पूर्वराष्ट्रपति बेलेरीले बुधबार राति अन्तिम सास लिएको अस्पतालले जनाएको छ । युरोपियन युनियन (इयू) को योजनाकारमध्ये उनी पनि एक हुन् । बेलेरी फाउन्डेसनले आफ्ना संस्थापकको निधन कोरोना संक्रमणबाट भएको पुष्टि गरेको छ । यसैबीच इयूले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संस्थापक सदस्यको निधनप्रति शोक व्यक्त गरेको छ । यसैबिच पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए ।

Share.

Leave A Reply