अबदेखी सामाजिक सुरक्षा कोषबाट श्रमिकले रकम सापटी लिन पाउने

0

मंसिर १८,चितवन । श्रमिकले सामाजिक सुरक्षा कोषमा आफूले योगदान गरेको रकमबाट सापटी पाउने भएका छन् । सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको थियो । श्रमिकले जम्मा गरेको रकम आवश्यक परेको बेला पनि निकाल्न नपाइने लगायतका अव्यवहारिक व्यवस्थाका कारण रोजगारदाता मात्रै नभइ धेरै श्रमिक पनि कोषमा आवद्ध हुन चाहिरहेका छैनन् ।

हालसम्म १२ हजार ९३५ रोजगारदाता र १ लाख ८० हजार ५३१ जना श्रमिक यो योजनामा आवद्ध भएका छन् । आधाभन्दा धेरै श्रमिक अहिले पनि योजनाभन्दा बाहिर नै छन् । योजनाप्रति श्रमिकको आकर्षण बढाउन सरकारले सामाजिक सुरक्षा कोषको लगानी सम्बन्धी कार्यविधि ल्याएर यस अघिका व्यवस्थाहरु सुधारको थालनी गरेको छ । ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको छ ।

Share.

Leave A Reply