कृषि सैनिकको परिचालनबाट देशमा कृषि क्रान्ति गरिने कृषिमन्त्रि भुषालको भनाई

0

मंसिर १८,चितवन ।  कृषिमन्त्रि घनश्याम भुषालले अब कृषि क्रान्ति सुरु हुने र त्यसको लागि कृषि सैनिकको आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि व्यवसायिक रुपमा घाँसखेती र बाख्रा पालन सुरु गरेका किसानसँगको भेटमा मन्त्री भुषालले यस्तो बताएका हुन् ।

राष्ट्रिय कृषि सैनिक अभियान मार्फत गैँडाकोट नगरपालिका वडा नम्बर १२ का ३८ वर्षीय विष्णु भट्टले मन्त्रालयमा नै पुगी कृषि तथा पशुपन्छि मन्त्रि घनश्याम भुषाललाई बुधबार यस विषयमा ध्यानाकर्षण पत्र समेत बुझाए । बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट देशमा कृषि क्रान्ति गर्ने उनको सोच छ । उनले सरकारको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पुरा गर्न पनि यो अभियान आवश्य रहेको बताउँदै आएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रि भुषालले भने ‘कृषी सैनिक नेपालमा आवश्यक छ । यो नयाँ सोच हो । पुर्ण व्याख्या सहितको अवधारणा आए नीतिगत रुपमा नै सम्बोधन गर्न म तयार छु’ उनले भने ।

कृषक भट्टले श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फार्ममार्फत मार्फत कृषकको माग अनुसार १२ विघा क्षेत्रफलमा घाँस र घाँसको बेर्ना उत्पादन गर्दै आएका छन् । सरकारी अनुदान विनानै हालसम्म उनले देशका ६५ जिल्लामा घास वितरण गरिरहेका छन् ।

उनले १२ जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छन । विदेशबाट आएर घाँस खेती गर्नेहरुलाई निःशुल्क परामर्शसँगै बीउबिजनमा समेत सहयोग गरिरहेका छन् ।

Share.

Leave A Reply