play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नेपालले सीमा विवादलाई प्राथमिकताका साथ उठाउने

0
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली

मंसिर १८,चितवन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली छिट्टै गर्ने भारत भ्रमणको क्रममा सीमा विवादको विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने भएको छ । सरकारी अधिकारीहरुका अनुसार मन्त्री ज्ञावली नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन वा औपचारिक भ्रमणका लागि डिसेम्बर दोस्रो साता भारत भ्रमणमा जाने तयारी छ ।सीमा विवादको विषयमा वार्ताको औपचारिक टेबलमा आइसकेको र अबको बैठकमा प्राथमिकताका साथ उठाइने एक उच्च सरकारी अधिकारीले बताए । भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल र भारतीय दुवै पक्षले जारी गरेको विज्ञप्तिमा ‘दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका सार्थ बाँकी खण्डमा सीमा सम्बन्त्री कार्यसम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेको’ उल्लेख छ । सीमा सम्बन्धी विषयमा दुवै देशको जारी गरेको प्रेस विज्ञप्तिको वाक्य गठन एकै खालको छ । तर यो सीमा अन्य क्षेत्रमा भनेको प्राविधिक रुपमा सल्टाउन बाँकी काम हो कि नक्साङकनको विवादको विषय नै उल्लेख गरिएको हो भन्ने विषयमा केही पनि स्पष्ट छैन् । तर भारतीय विदेश सचिवको भ्रमणको क्रममा परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्रमन्त्री ज्ञावली, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा विवादको विषय उठाएको र यो विषय औपचारिक वार्ताको विषय बनेको सरकारी अधिकारीहरुको भनाइ छ ।

बुधबार साँझ प्रसारित एक टेलिभिजन अन्तरवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले अबको आफ्नो भारत भ्रमणमा सीमा विवादको विषय प्रमूख एजेण्डा हुने बताए । नेपाल वार्ताको माध्यमले यो विषयलाई छिटोभन्दा छिटो समाधान गर्न चाहान्छ । मन्त्री ज्ञावलीले सीमा विषय वार्ताको टेबलमा आइसकेको र वार्ताका लागि भारतीय पक्ष तयार भएको समेत बताए । उसो त भारतसँगको संयुक्त आयोगको वैठकमा भारतसँगको सुस्ता र कालापानीको विषय यस अगाडि नै औपचारिक एजेण्डा बनिसकेको हो । सन् २०१४ मा भएको संयुक्त आयोगको बैठकमा सुस्ता र कालापानीको विषयमा कुराकानी भएको थियो ।

Share.

Leave A Reply