play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

अभिनेत्री श्वेता खड्काले आउदो सोमबार विवाह गर्दै

0

मङ्सिर १७, केही अघि मात्र विवाहको चर्चा चलेको थियो, अभिनेत्री श्वेता खड्काको । तर, उनले यो चर्चालाई आधारहिन बताएकी छिन् । तर, अब उनले विवाह गर्ने निश्चित भएको छ । उनको विवाह आगामि सोमबार हुने भएको हो ।दशैंमा उनले एक युवासँग टीका लगाएको तस्वीर बाहिर आएको थियो । तिनै युवासँग उनको विवाह हुने भनिएको थियो । तर, यसबारे श्वेताले तत्कालीन समयमा यसलाई अस्वीकार गर्दै आएकी थिइन् ।


२२ मंसिरमा अब श्वेताले विवाह गर्ने भएकी हुन् । उनले विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने भनिएको छ ।यसअघि श्वेताको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । नेपाली फिल्ममा कहाँ भेटिएलाबाट डेब्यू गरेकी श्वेताको २०७१ साल २३ असारमा श्रीकृष्ण विवाह भएको थियो । तर, विवाहको दुई दिनपछि बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा २५ साउनमा भारतमा निधन भएको थियो ।

Share.

Leave A Reply