play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

कोरोनाका कारण साढे १५ लाख नेपालीले रोजगारी गुमाएको तथ्य सार्बजनिक

0

मङ्सिर १७, कोरोना महामारी शुरु भएयता स्वदेश र विदेशमा गरी साढे १५ लाख नेपालीले रोजगारी गुमाएको सरकारको अध्ययनले देखाएको छ ।कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीका लागि भारतसहितका मुलुक गएका ६ लाख ४० हजार नेपालीको रोजगारी गुमेको अनुमान छ ।त्यस्तै, मुलुकभित्र औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत करीव ९ लाख २० हजारको आयस्रोत गुमेको प्रतिवेदनमा उल्लेख छ ।नेपालमा लकडाउन शुरु भएपछि भारतबाट २ लाख ५० हजार हाराहारी नेपाली घर फर्किएर क्वारेन्टिनमा बसेका थिए । आयोगले असार मसान्तसम्मको तथ्यांकलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो ।
कोरोनाका कारण दैनिक ज्यालादारी गरी आम्दानी गरिरहेकाहरुको रोजीरोटी गुमेको छ । क्षेत्रगत रुपमा होटेल, रेष्टुराँ, यातायात, शैक्षिक संस्थामा काम गर्ने व्यक्तिले रोजगारी गुमाएको देखिएको छ ।आयोगको प्रतिवेदन अनुसार औपचारिक क्षेत्रमा रोजगार बनेर तलवभत्ता पाइरहेका व्यक्तिलाई भने कोरोनाबाट त्यति ठूलो प्रभाव परेको छैन । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाहरुले नियमित तलव पाएका छन् । अनौपचारिक क्षेत्रमा भने चैतयता चर्को असर परेको छ ।लकडाउनपछि बेरोजगार बनेका करीव १० लाख मानिस शहरबाट गाउँ फर्किएको अनुमान छ । यसरी गाउँतर्फ गएको जनशक्ति कृषि कर्ममा लाग्दा स्वरोजगार बढेको तथा ग्रामीण भेगमा अन्य अनौपचारिक क्षेत्रमा भने गतविधि बढेको प्रतिवेदनमा उल्लेख छ ।

Share.

Leave A Reply