play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपालगञ्जबाट रुकुम आउँदै गरेको बस सल्यानमा दुर्घटना हुदा ६ जना घाइते

0

मंसिर १७, नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ आउँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।ना ४ ख ६६१५ नम्बरको यात्रुवाहक बस सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खारखोलामा दिउँसो ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।घाइते हुनेहरूमा कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साउनि गोसाई र ४० वर्षीय खडकबहादुर गोसाई रहेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको भने परिचय खुल्न सकेको छैन । बसमा २५ जना सवार रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै ३० मिटर तल खसेको हाे ।

Share.

Leave A Reply