play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा :सरकारले शक्ति दुरूपयोग गरेको आरोप

0

मङ्सिर १७, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकामा मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई करिब ३ घण्टापछि साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।

रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए ।आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।

Share.

Leave A Reply