play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

के नारायणीलाई सुन्दर बन्न कंक्रिट र सि बिच मोडलको आवश्यक छ ?

0

हुनत म विकाश विरोधी हुन खोजेको होइन ।

तर यदि तपाईं पनि विकास चाहनुहुन्छ भने ४३३  किमि  को भरतपुर महानगर पालिका भित्र विकास हुनुपर्ने र गर्नुपर्ने  अरु पनि थुप्रै सम्भावना र त्योभन्दा पनि कयौं गुना बढी आवश्यकताहरु छन् । र ती शिक्षा स्वास्थ खेलखुदमात्र नभएर पर्टन विकासका लागि पनि अनगिन्ती सम्भावना छन्। प्रसङ्ग  नारायणी सि बिच कन्सेप्ट पार्क।
१. फेसबुकमा पार्कको पोष्टहरु देख्ने बित्तिकै पहिलो ख्याल साउने बाढीको अाय‍ो,अब बिच(Beach) नै भनेपछि उकासेर पानीले नभेट्ने बनाउने त होइन होला,त्यसैले बनेको संरचनालाई पानीले डुबाउने असर न्युनिकरण गर्न भरतपुर महानगरपालिकाले पक्कै पनि विज्ञहरूको सल्लाह लिएको होला। तर फेरि बिच क्षेत्र सुरक्षित भए पछि बाढीले नदिका तलमाथिका क्षेत्रमा पार्न सक्ने प्रभाव देखेर भने त्रसित हुन पुगेँ। साथै असार ,साउन र भदौ भरि जलमग्न भएर संरचनामा थुप्रिएका बालुवा फाल्न अर्का केही महिना  पालिकाले फेरि काम पाउने भयो ।
२. दोस्रो कुरा याद अायो ….नयाँ वर्षमा बिहानै नारायणीको जल लिएर हरिहरको दर्शन गरेको ,वर्ष भरिका अौँसी र एकादशीमा अामा बुवाहरु दर्शनका लागि गएको | वर्षौंदेखि धार्मिक र संस्कृतिक महत्त्व बोक्दै अाएको नारायणी नदि किनार र मन्दिरको अस्थित्वमा केही अाँच त नअाउला नि ?
३.  केही समय पहिला महानगर कै वातावरण विधसँगको वार्तालाभमा फोहोर व्यवस्थापनका लागि नारायणी नदिको नगर वन क्षेत्र नै प्रयोग हुँदै अाएको बताउनु भएको थियो । कुरा भएको त केही समय बितिसक्यो , फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल साइट जस्ता योजनाको खबर मैले नसुनेको भए छुट्टै कुरा या योजना बनेका नै छन् भने पनि पहिला त्यसको कार्यन्यन्वयन गरेर बल्ल Beach  तिर लागे यताको ब्यवस्थापनलाई सहज हुने थियोे होला। अाउने समस्यालाई नजरअन्दाज गर्दैमा अाखिर समस्य समाधान हुने त होइन नी ।

४. किन हामी विकास भनेको ठुला ठुला महल र कंक्रिट मात्र सोच्छौँ। के बगरको बालुवामा दौडनुको मजा सिमेन्टको टल्कने लेनले प्रदान गर्ला त  ?  संसार नै प्रकृति तर्फ फर्क भनी रहेको बेला हामी भने विकासको अन्धभक्त भएर प्रकृतिको सुन्दरतामा दखल पुर्‍याउन किन तम्सिदै छौँ ? के साच्चै नै पर्यटक अाकर्सण गर्न र सुन्दर देखिन नारायणीलाई भौतिक शृङ्गार र  अन्तर्राष्ट्रिय सि बिच म‍ोडल अावश्यक छ त ? प्रकृति अाफैमा सुन्दर छ,उचित संरक्षण होस् तर शृङ्गारको नाममा कंक्रिट नबनोस्।
सिंगापुरको  artificial Sea beach ,यता र उताको कुरा गर्ने हो भने तिनले निम्त्याएका असरहरु अनि बिचहरु कै व्यवसायीकरणले भएको वातावरण र जल पर्यावरणको दुर्गति पनि ख्याल राखौं । विद्यमान अवस्थामा भौतिक विकासले निम्त्याएको दुर्गतिबाट पाठ सिकेर अब गर्ने विकास दिगो होस् भन्ने किन चाहदैनौँ हामी  |  अार्टिफिसियल बिचमा तस्बिर खिचेर फेसबुकमा फ्रोफाइल पिक्चर परिवर्तन गर्न उत्सुक जमातलाई त मेरो भन्नू केही छैन तर कोही साँच्चैनै यस विषयलाई गम्भीरतापूर्वक लिने र जानकार हुनुहुन्छ भने यति जान्न चाहन्छु कि: के मेरो मनमा उब्जेका विचारहरु अनावश्यक हुन्? या म बिचका फाइदा भन्दा बेफाइदा प्रति केन्द्रित भएको हो ? के भरतपुर महानगरपालिका पेटको भोक भन्दा अोठको ढसारो गर्न प्रति लालायित बनेको हो र ?  टिप्पणी भन्दा पनि जिज्ञासा मेटाउने उत्तर चाहन्छु ,धन्यवाद ।।

लेखक – प्रकृति न्यौपाने
भरतपुर-७,चितवन

                                न्यौपाने सिनर्जी एफ.एमले आयोजना गरेको पब्लिक स्पिकिङ्ग च्याम्पियनको बिजेता पनी हुन्न् ।

Share.

Leave A Reply