play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

माडीमा अयोध्याधाम निर्माणका लागि डिपिआर तयारीको काम अन्तिम चरणमा

0

मङ्सिर १७, माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिमचरणमा पुगेको छ ।माडी स्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ ।डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिने छ ।धाममा आकर्षक रामको मन्दिरसँगै विभिन्न खालका धर्मशाला, अयोध्यामा दशरथले राज्य सञ्चालन गरेको दरबार, घोडा बाँध्ने गरेको तबला, उद्यान, बसपार्कलगायत विभिन्न संरचना बन्ने छन् । ढकालले सबै काम सम्पन्न गर्न रु एक अर्ब भन्दा बढी खर्च हुनेगरी डिपिआर बन्दै गरेको जानकारी दिनुभयो । ठूलो ठाउँ भएकाले विभिन्न रुपमा सबै ठाउँलाई बहुउपयोगी बनाउने गरी काम गरिँदै छ ।

अयोध्याधाम निर्माणका लागि नगरपालिकाले अयोध्या खोज तथा अनुसन्धान समिति समेत निर्माण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो । (रासस)

Share.

Leave A Reply